संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई देश प्रवेशमा इजरायलले लगायो प्रतिबन्ध

हिमाल प्रेस १६ असोज २०८१ १८:२९
26
SHARES
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई देश प्रवेशमा इजरायलले लगायो प्रतिबन्ध

काठमाडौँ- इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

इजरायलका विदेशमन्त्री इसराइल कात्जले सामाजिक सञ्जालमा गुटेरसलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्।

ईरानले इजरायलमाथि गरेको आक्रमणलाई स्पष्ट रूपले विरोध नगरेकाले उनीमाथि प्रतिबन्ध लगाइएको कात्जेले बताएका छन्।
उनले भनेका छन्,‘इजरायलमाथि जघन्य आक्रमण गर्ने ईरानलाई स्पष्ट रूपले विरोध नगर्नेलाई इजरायलयको भूमिमा टेक्ने अधिकार छैन।’

गुटेरसले हमासले इजरायलमाथि गरेको जनसंहार र यौन उत्पीडनको हालसम्म विरोध नगरेको कात्जले बताएका छन्। उनले भनेका छन्,‘उहाँले अक्टुबर ७ मा हमासले गरेको जनसंहार र यौन उत्पीडनको हालसम्म भत्र्सना गर्नु भएको छैन। हमासलाई आतंकवादी संगठन घोषित गर्नतर्फ उहाँले कुनै कदम चाल्नु भएको छैन।’

आतंकवादी, बलात्कारी, हमास, हिज्बुल्लाह र हुथीपछि ईरानले गरिरहेको हत्यालाई समर्थन गर्ने संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस इतिहासमा कालो धब्बा रहेको उनले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =