विद्यालय शिक्षा विधेयक : संशोधनकर्तासँगको छलफल सकियो,अब के हुन्छ?

हिमाल प्रेस १५ असोज २०८१ १६:००
1.4k
SHARES
विद्यालय शिक्षा विधेयक : संशोधनकर्तासँगको छलफल सकियो,अब के हुन्छ? शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक–२०८० माथि संशोधन हालेका संशोधनकर्तासँगको छलफल सकिएको छ।

समिति सभापति अम्मरबहादुर थापाले संशोधनकर्तासँगको छलफल सकिएको मंगलबार हिमालप्रेसलाई जानकारी दिए।

सरकारले गत भदौमा उक्त विधेयक संसद्मा दर्ता गरेको थियो। अब दफावार छलफलको प्रक्रियामा अघि बढ्ने सभापति थापाले जानकारी दिए। विधेयकमाथि एक सय ५४ जना सांसदले संशोधन हालेका थिए।

एक सय ६३ दफा रहेको विधेययकमाथि समितिमा दफावार छलफल हुने र हरेक दफामा के व्यवस्था राख्ने भन्ने छलफलले टुंगो लगाउनेछ।

प्रकाशित: १५ असोज २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =