कांग्रेस बैठकमा गृहमन्त्रीले भने : एउटा घटनालाई लिएर सरकारले केही गरेर भन्नु न्यायोचित हुँदैन

हिमाल प्रेस १५ असोज २०८१ १५:४६
16
SHARES
कांग्रेस बैठकमा गृहमन्त्रीले भने : एउटा घटनालाई लिएर सरकारले केही गरेर भन्नु न्यायोचित हुँदैन गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले  कांग्रेस संसदीय दलकाे बैठकमा बाढी-पहिरोबाट भएकाे मानवीय र भाैतिक क्षतिकाे ब्रिफिङ गरेका छन्। मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्हाेत्से हलमा बसेकाे बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेकाे उपचारबारे जानकारी गराएका हुन्। उनका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसकाे हेलिकप्टरबाट उद्धार गरेको छ।

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको बताए। क्षतिग्रस्त संरचनाकाे मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए।

गृहमन्त्री लेखकले गृह मन्त्रालयकाे सहसचिवकाे नेतृत्वमा साेमबार ८ वटा टाेली बनाएर  आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको जानकारी गराए। यातायात संचालन गरी मुल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेकाे बताए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेकाे उनको भनाइ थियाे।

गृहमन्त्री लेखकका अनुसार नख्खु खाेलमा टिनकाे छाप्राेमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियाे। ‘सशस्त्र प्रहरीकाे बाेट पल्टिँदा उद्धारमा समस्या भएको हाे। त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएकाे मलाई बताउनु भएकाे थियाे,’ उनले भने, ‘एक जना स्थानीयलाई उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियाे। प्रहरीले सहयोग नगरेको भन्ने हाेइन। चार हजारभन्दा बढीको सरकारले उद्धार गरेकाे छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायाेचित हुँदैन।’

सरकारले अहिले पनि राहत र उद्धारकाे काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाए।

प्रकाशित: १५ असोज २०८१ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =