वर्षा र बाढीका कारण ३५ बालबालिकाले ज्यान गुमाए

हिमाल प्रेस १५ असोज २०८१ १२:३३
12
SHARES
वर्षा र बाढीका कारण ३५ बालबालिकाले ज्यान गुमाए

काठमाडौँ– केहीदिनको भारी वर्षाबाट उत्पन्न बाढीका कारण नेपालमा हजारौँ बालबालिका र तिनका परिवार प्रभावित भएका छन्। युनिसेफले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीका कारण २०७ जनाको मृत्यु भएको छ जसमध्ये ३५ बालबालिका छन्।

प्रारम्भिक सूचनामा आधारित तथ्यअनुसार अझ धेरै व्यक्ति हराइरहेका छन्। व्यापक सम्पत्ति क्षतिग्रस्त भएको छ र ठूलो जनसमूह विस्थापित भएको छ। पहिरो र सडकमा तेर्सिएका अवरोधहरूले उद्धार कार्यमा व्यवधान पुर्‍याएको छ।

गत शुक्रबारदेखि परेको अविरल वर्षा विगत केही दशककै सबैभन्दा ठूलो हो। नेपालस्थित युनिसेफ प्रतिनिधि एलिस अकुंगाले आफ्नो संस्थाका तर्फबाट बालबालिकाहरूसहित आफन्त गुमाएका परिवारहरूप्रति समवेदना व्यक्त गरेकी छन्।

‘बालबालिका र युवाहरूका लागि तत्काल सहयोग आवश्यक छ। घरबारविहीन हुनाका साथै उनीहरूको सन्त्रास र उनीहरूको मानसिक स्वास्थ्य स्थितिलाई गम्भीरताका साथ लिएर आवश्यक सहयोग गर्नुपर्ने उनले बताएकी छन्।

युनिसेफ नेपाल यहाँको सरकार तथा अन्य मानवीय सहयोग संस्थाहरूसँग मिलेर परिस्थितिको आँकलन गर्दै आवश्यक कारबाही गर्नमा लागिपरेको उक्त वक्तव्यमा बताइएको छ।

प्रकाशित: १५ असोज २०८१ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =