इजरायलका लागि दुई हजार बढी कामदार छनोट

हिमाल प्रेस १५ असोज २०८१ ११:३७
10
SHARES
इजरायलका लागि दुई हजार बढी कामदार छनोट

काठमाडौँ- वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जान इच्छुक दुई हजार एक सय १२ जना उम्मेद्वारको नाम सार्वजनिक गरेको छ।

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोलाप्रथा गरी इमेलमार्फत् उम्मेद्वारको उक्त संख्या पठाएपछि विभागले यहाँ सार्वजनिक गरेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

अनलाइन दरखास्त पेस गरेका उम्मेद्वारमध्ये इजरायली पक्षले एक हजार एक सय ५६ महिला र नौ सय ५६ पुरुष गरी दुई हजार एक सय १२ जनाको छनोट सूची सार्वजनिक विभागले जनाएको छ।

विभागले गत साउन २१ गते १ हजार ८ सय ६३ पुरुष र १ हजार ५ सय ९५ महिला गरी ३ हजार ४ सय ६१ जनाको नाम  पिवामा पठाएको थियो।

इजरायल जाने कामदारको छनोट प्रक्रियामा अनियमितता भएको र केही इन्स्टिच्युटबाट कतिपयले नक्कली कागजात पेस गरेको सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसमाथि छानबिन गरिरहेको छ।

इजरायलमा नेपाली केयर गिभरको तलब दुई लाख दश हजार रुपैयाँ छ भने सुरुमा करार अवधि एक वर्षको भए पनि करार अवधि थप गर्दै पाँच वर्षसम्म बस्न पाइने व्यवस्था छ।

प्रकाशित: १५ असोज २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =