जनकपुरधाम उपमहानगरका वडाध्यक्ष र वडा सचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १४ असोज २०८१ १६:२७ | Monday, September 30, 2024
जनकपुरधाम उपमहानगरका वडाध्यक्ष र वडा सचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष उपेन्द्र सहनी वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेली र विजय मण्डलविरूद्ध सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बाटो प्रमाणित गरिदिनका लागि सेवाग्रहीसँग ४ लाख ५० हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

अख्तियारको बर्दिवासस्थित कार्यालयबाट गएको टोलीले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा वडाध्यक्ष सहनीसहित तीनै जनालाई नियन्त्रणमा लिएको थियो।

घरबाटो सिफारिस प्रमाणित गरी दिन सेवाग्रहीसँग उनीहरूले घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता थपलियाले बताए।

वडाध्यक्ष सहनी र वडा सचिव तेली ४ लाख ५० हजार बिगो कायम गरी जरीवाना तथा कैद सजायको मागदाबी अख्तियारले लिएको छ।

त्यस्तै वडाध्यक्ष सहनीले गरेको भ्रष्टाचारसम्बन्धी कसुरको मतियार बनेको भन्दै मण्डलमाथि पनि सोही बराबरको बिगो कायम गरी कैद सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।

प्रकाशित: १४ असोज २०८१ १६:२७ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast