बढ्यो नेप्सेपरिसूचक

हिमाल प्रेस १४ असोज २०८१ १५:२४ | Monday, September 30, 2024
बढ्यो नेप्सेपरिसूचक सेयर बजार

काठमाडौँ- सोमबार (आज) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ। २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो।

आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो।

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ। ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ।

प्रकाशित: १४ असोज २०८१ १५:२४ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast