अस्कर कलेजले गर्‍याे युवा सर्ट फिल्म प्रतिस्पर्धा आह्वान, प्रथमलाई १ लाख

हिमाल प्रेस १४ असोज २०८१ १०:५५ | Monday, September 30, 2024
अस्कर कलेजले गर्‍याे युवा सर्ट फिल्म प्रतिस्पर्धा आह्वान, प्रथमलाई १ लाख

काठमाडौँ- नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले दोस्रो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ को आह्वान गरेको छ। कलेजले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार २० वर्षमुनिका उमेर समूहलाई लक्षित प्रतिस्पर्धामा सहभागीले कार्तिक ५ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाएको छ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको बताए। उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले उनीहरुलक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी सहयोगसमेत गर्न पहल गरेका हौँ।’ युवा फिल्म मेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनको भनाइ छ।

प्रतिस्पर्धामा ८ देखि १५ मिनेटसम्मका फिल्म छनोट गरिने छन् जसमा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिनेछ। द्वितिय र तृतीय हुने फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिनेछ।

प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने कलेजले जनाएको छ। यसैगरी, स्पेसल मेन्सनमा पर्न सफल फिल्म मेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने बताइएको छ। कार्तिक ९ गते प्रतिस्पर्धाका विजेताहरु घोषणा गर्दै उनीहरुद्वारा निर्मित फिल्म प्रदर्शनीसमेत गरिने छ।

याे पनि

अस्कर कलेजमा ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै

प्रकाशित: १४ असोज २०८१ १०:५५ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast