बाढी-पहिरोका कारण सडक अवरुद्ध, एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान

हिमाल प्रेस १३ असोज २०८१ १६:३०
10
SHARES
बाढी-पहिरोका कारण सडक अवरुद्ध, एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान

काठमाडौँ- सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका दुईजना बिरामीको एम्बुलेन्समै ज्यान गएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुली र महोत्तरी बर्दीबासबाट दुई एम्बुलेन्समा ल्याइएका दुई बिरामीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ आउँदै गर्दा वीपी राजमार्गमै अड्किएपछि दुईजना बिरामीको मृत्यु भएको हो।

कमलामाई नगरपालिका-४ मल्लागाउँकी ९८ वर्षकी वृद्धा टीकाकुमारी भुजेल र महोत्तरी बर्दिवास नगरपालिका-८ का ४५ वर्षका मानबहादुर सिंजालीले एम्बुलेन्समै ज्यान गुमाएका हुन्। भुजेलमा दमसम्बन्धी रोग थियो भने सिंजालीमा किड्नीको समस्या रहेको थियो।

बाढी पहिरोका कारण सुनकोसी गाउँपालिका-१ दुम्दाअन्तर्गत बीपी राजमार्ग चारदिनदेखि अवरुद्ध छ। बाढी पहिरोकै कारण अहिले शवसमेत फर्काउन सकिएको छैन।

प्रकाशित: १३ असोज २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =