फिल्म खेल्न नेपाल आइन् ‘कबड्डी’ शृखंलाकी मैंया

हिमाल प्रेस १३ असोज २०८१ १५:३३ | Sunday, September 29, 2024
फिल्म खेल्न नेपाल आइन् ‘कबड्डी’ शृखंलाकी मैंया

काठमाडौँ- फिल्म ‘कबड्डी’ शृखंलाकी पात्र मैंया अर्थात् कलाकार रिश्मा गुरुङ ‘रिमै’ फिल्म खेल्न नेपाल आएकी छन्। उनी लामो समयदेखि पतिसँग अमेरिकामा बस्दै आएकी थिइन्।  ‘रिमै’ को कथावस्तुले मन छोएकाले काम गर्न नेपाल आएको उनले बताएकी छन्।

‘म लामो समय पश्चात फिल्मको पर्दामा फर्किदै छु।  बिचमा मैले ‘क्रसरोड’ नामक फिल्ममा काम गरेकी थिए। त्यो अहिलेसम्म पनि प्रदर्शनमा भएको छैन। त्यसैले लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेष गरी ‘रिमै’ गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ। अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु।’

फिल्म खिल बहादुर गुरुङले निर्देशन गर्न लागेका हुन्। ‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बा लेखन छ। फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ। दसैँको घटस्थापनाको दिन फिल्मको औपचारिक रुपमा शुभमुहूर्त गर्दै असोज २८ देखि गोरखाको सिरानचोकबाट फिल्मको छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए। फिल्ममा वीर बहादुर घलेले लगानी गर्नेछन्।

प्रकाशित: १३ असोज २०८१ १५:३३ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast