कार्यकक्षमै गएर अध्यक्षले भेटे समिति सभापतिहरूलाई

हिमाल प्रेस ११ असोज २०८१ २१:०५ | Friday, September 27, 2024
कार्यकक्षमै गएर अध्यक्षले भेटे समिति सभापतिहरूलाई

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समितिहरूको कामकारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन्।

समिति सभापतिहरूकै कार्यकक्षमा पुगेर उनले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने कठिनाइलगायतका विषयमा जनकारी लिएका हुन्।

अध्यक्ष दाहालसँगै राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा.सुरेन्द्र अर्याललगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेका थिए।

सो अवसरमा अध्यक्ष दाहालले समितिका काम कारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गर्दै समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताए।

भेटमा सभापतिहरूले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको बताएका थिए।

प्रकाशित: ११ असोज २०८१ २१:०५ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast