बंगलादेश प्रहरीले भन्यो : दुर्गा पूजामा सुरक्षा खतरा छैन

हिमाल प्रेस १० असोज २०८१ २१:३२ | Thursday, September 26, 2024
बंगलादेश प्रहरीले भन्यो : दुर्गा पूजामा सुरक्षा खतरा छैन फाइल तस्बिर

काठमाडौँ- बंगलादेश प्रहरीले दुर्गा पूजामा कुनै सुरक्षा खतरा नरहेको बताएको छ। दसैंको अवसरमा मनाइने दुर्गा पूजामा कुनै सुरक्षा खतरा नभएको बंगलादेश प्रहरीले प्रस्ट पारेको हो।

बंगलादेश प्रहरीका आईजीपी मोइनुल इस्लामले बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

बंगलादेशमा राजनीतिक उथलपुथलपछि सरकार फेरिएपछि हिन्दू समुदायले मनाउने दुर्गा पूजा प्रभावित हुनसक्ने आशंका भइरहेका बेला आईजीपी इस्लामले कुनै पनि सुरक्षा खतरा नहुने उल्लेख गरे।

उनले हिन्दू समुदायले पूर्ण सुरक्षामा आफ्नो धार्मिक कार्यक्रम गर्ने र प्रहरीको तर्फबाट कडा सुरक्षा व्यवस्था उपलब्ध हुने बताए।

बंगलादेशमा सँधै शान्तिपूर्ण ढंगबाट दुर्गा पूजा मनाउने गरिएको बताउँदै उनले यसपालि पनि कुनै फरक नपर्ने प्रस्ट पारे।

‘हुनत कुनै पनि प्रकारको खतरा देखिएको छैन। तर पनि प्रहरी पूर्ण रूपले सतर्क रहनेछ,’ आईजीपी इस्लामले भने,‘हामी सुरक्षा व्यवस्थासँग कुनै सम्झौता गर्न चाहेका छैनौं।’

प्रकाशित: १० असोज २०८१ २१:३२ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast