अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

हिमाल प्रेस १० असोज २०८१ १८:१९
14
SHARES
अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश माओवादी नेता अग्नि सापकोटा

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरी दायर भएको रिटमा सक्कल फाइलसहित उपस्थित हुन काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई आदेश गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सक्कल फाइलसहित उपस्थित हुन भनेको हो।

‘…हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए के कारणबाट हुन नसकेको हो ? साथै, यस सन्दर्भमा पूर्वादेशअनुसार नियमित रूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट देखिएन,’ आदेशमा भनिएको छ, ‘त्यस कारण सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सोसम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाइ फिर्ता लैजाने गरी झिकाइ आएपछि लगाउनका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू।’

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।

प्रकाशित: १० असोज २०८१ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =