मह जोडीको ‘महजात्रा’को घोषणा

हिमाल प्रेस १० असोज २०८१ १५:५१ | Thursday, September 26, 2024
मह जोडीको ‘महजात्रा’को घोषणा

काठमाडौँ- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चार दर्शकलाई हसाउदै समाज प्रति सोच्न बाध्य पार्ने उदेश्यका साथ महजात्रा आयोजना गर्न लागेको जनाएको छ।

मह जोडीले नेपालमा १० बर्षपछि मिरा फाउण्डेशन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक महजात्रा नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने जनाएका छन्। महजात्रा मह सञ्चार सुश्री मिडिया प्रालिको सहकार्यमा कार्तिक २९ गतेदेखि प्रज्ञा प्रतिष्ठानमा हुने र त्यसपछि देशव्यापीरुपमा मह जात्रा आयोजना हुने बताइएको छ।

हास्य व्यङग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध पक्षहरूलाई उजागर गर्ने उदेश्यका साथ मह जात्रा आयोजना गरिएको वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले बताए। त्यस्तै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले निष्पक्षमा रुपमा समाजमा देखिएका विषयहरूलाई हास्य व्यङ्ग्यमार्फत उजागर गर्ने बताए।

महजात्रा प्रहसनमा ख्यातीप्राप्त हास्य कलाकारहरू किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगाएतको समेत प्रस्तुती रहने महसञ्चारले जनाएको छ।

प्रकाशित: १० असोज २०८१ १५:५१ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast