घट्यो सेयर बजार

हिमाल प्रेस १० असोज २०८१ १५:२९ | Thursday, September 26, 2024
घट्यो सेयर बजार

काठमाडौँ- साताको अन्तिम कारोबारको दिन बिहीबार पुँजीबजारमा उच्च अंकको गिरावट भएको छ। यस दिन बजार मापक परिसूचक नेप्से ३२.८१ अंकले घटेर २४८६.७६ अंकमा झरेको छ।

बुधबार दोहोरो अंकको वृद्धि हुँदा २५ सय माथि पुगेको नेप्से बिहीबार फेरि ओरालो लागेर बजार बन्द भयो। यसदिन कारोबारमा आएका २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ भने ३९ कम्पनीका लगानीकर्ताहरूले नाफा कमाएका छन्।

पछिल्ला दिनमा लगातार बढिरहेको विन नेपाल लघुवित्त संस्थाको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ। आज ग्रिनभेञ्चर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ।

बिहीबार कारोबार रकम पनि खुम्चिएको छ। चार अर्ब ८४ करोडको कारोबार भयो।

प्रकाशित: १० असोज २०८१ १५:२९ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast