‘आइसिसी’ को वरियतामा नेपाल एक स्थान तल

हिमाल प्रेस ९ असोज २०८१ २०:५३
6
SHARES
‘आइसिसी’ को वरियतामा नेपाल एक स्थान तल फाइल तस्बिर।

काठमाडौँ- अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले) ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ।

आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १६औँ स्थानमा थियो। क्यानडामा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो।

नेपालभन्दा तल नामिबिया १८औँ स्थानमा छ भने ओमान १९औँ स्थानमा छ। त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) २०औँ स्थानमा छ। यसैगरी नेपालभन्दा माथि अमेरिका रहेको छ। अमेरिकाले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लेको हो। क्यानडाले चार स्थान सुधार गर्दै १५औं स्थानमा पुग्यो।

नयाँ वरियताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। त्यसैगरी पाकिस्तान चौथो, न्यूजील्याण्ड पाँचौँ, श्रीलङ्का छैटौँ, इङ्ग्ल्याण्ड सातौँ, बङ्गलादेश आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज दशाैँ स्थानमा छ। स्कटल्यान्ड एघार, आयरल्यान्ड बाह्र, जिम्बाब्बे तेह्र र नेदरल्याण्ड्स चौधौँ स्थानमा छ।

त्यसैगरी आइसिसीले जारी गरेको ‘अलराउन्डर’ तर्फको वरियतामा नेपालका सन्दीप लामिछाने २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन्। अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औँ स्थानमा उक्लिएका छन्। अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१ औँ स्थानमा उक्लिएका छन्।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ तथा सोमपाल कामी ५३ औँ स्थानमा छन्। आइसिसीले जारी गरेको बलिङतर्फको वरियतामा भने सन्दीप ४८औँ स्थानमा यथावत् रहेका छन्। करणले चार स्थान सुधार गर्दै ८७ औँ स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औँ स्थानमा पुगेका छन्। यसैगरी कुशल भुर्तेल चार स्थान तल झर्दै ८०औँ स्थानमा रहेका छन्।

प्रकाशित: ९ असोज २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =