परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

हिमाल प्रेस ८ असोज २०८१ ६:३५
6
SHARES
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

काठमाडौँ- संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिका पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसंघका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन्।

भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो। रासस

 

प्रकाशित: ८ असोज २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =