एसईई पूरक परीक्षाको नतिजा प्रकाशित, ५६.७८ प्रतिशतले प्राप्त गरे ग्रेड

हिमाल प्रेस ७ असोज २०८१ २०:४३ | Monday, September 23, 2024
एसईई  पूरक परीक्षाको नतिजा प्रकाशित, ५६.७८ प्रतिशतले प्राप्त गरे ग्रेड

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा प्रकाशन गरेको छ। गत साउन महिनाको २३ गतेदेखि सञ्चालित पूरक परीक्षाको नतिजा बोर्डले सोमबार प्रकाशन गरेको हो।

पूरक परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। बोर्डले जनाएअनुसार पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जना उतीर्ण भएका छन्।

एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) लागू गरेको थियो। निर्देशिकाअनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ।

सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तिमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्ने परीक्षार्थीलाई ग्रेडिङ गरिएको थियो।

यसरी हेर्न सकिन्छ नतिजा :

परीक्षाफलकाे नतिजा IVR  र SMS मार्फत, राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट www.neb.com र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० काे वेबसाइट see.gov.np मा हेर्न सकिन्छ।

यसका साथै परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र बाेर्डकाे वेबसाइटबाट परीक्षार्थीकाे सिम्बाेल नम्बर र जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलाेडसमेत गर्न सकिने बाेर्डले जनाएकाे छ।

प्रकाशित: ७ असोज २०८१ २०:४३ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast