ठमेलमा गुन्डागर्दी गरेको आरोपमा ६३ जना पक्राउ

हिमाल प्रेस ७ असोज २०८१ १५:५६ | Monday, September 23, 2024
ठमेलमा गुन्डागर्दी गरेको आरोपमा ६३ जना पक्राउ

काठमाडौँ- काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले गुन्डागर्दी गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एउटा रेस्टुरेन्टबाट आइतबार राति ती ६३ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार राति रेस्टुरेन्टमा होहल्ला गर्ने, गुन्डागर्दी गर्नेहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सोनाम गुरुङ, विनोद रावल, निराजन डाँगी, राजन गिरी, विकास सिजापती, सेकेन्धर सुनार, ऋषि योगी, दिनेश विष्ट, सुशान्त भुल, विमल मगर, सुमन क्षेत्री, सम्राज परियार, सरोज थापामगर, प्रज्वल बस्नेत, आकाश सुनार, सरोज नेपाली, निराजन गिरी, विश्व श्रेष्ठ, पङ्कज गुरुङ र माधव खतिवडा छन्।

यसैगरी पुष्प खत्री, विनोद रावल, सेक्सपियर थापा, परम बडुवाल, सुनिल भण्डारी, गौरव कठायत, कमलसिंह ठकुरी, दीपेन्द्र बोहोरा, सन्तोष राई, श्रवन राई, निरज गुरुङ, धनबहादुर शाही, बालकृष्ण मगर, आनन्द श्रेष्ठ, सुमन लामा, धिरज माझी, निरण लामा, निरज भुजेल, सन्जय श्रेष्ठ, मन्जिन खनाल, प्रतीक महत र विकास महर्जनसहित ६३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका केही व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेकामाथि छानबिन सुरु भएकाले मुद्दा चलाउने नचलाउनेबारे तय हुने लैनचौर प्रहरी वृत्तले जनाएको छ।

प्रकाशित: ७ असोज २०८१ १५:५६ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast