ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

हिमाल प्रेस ७ असोज २०८१ ९:१४ | Monday, September 23, 2024
ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ-  ग्लोबल आईएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सरसमान खरिदपछिको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ।

बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट योजना ल्याएको छ। उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुने बैंकले जनाएको छ।

ग्राहकवर्गको सुविधालाई दृष्टिगत गरी बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

प्रकाशित: ७ असोज २०८१ ९:१४ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast