बसबाट ११ बोरा मोबाइबल बरामद

हिमाल प्रेस ४ असोज २०८१ २०:४९ | Friday, September 20, 2024
बसबाट ११ बोरा मोबाइबल बरामद प्रहरीले बरामद गरेकाे माेबाइल फाेन

काठमाडौँ– प्रहरीले सर्लाहीबाट ११ बोरा मोबाइल नियन्त्रणमा लिएको छ। गाईघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बसबाट चेकजाँचका क्रममा प्रहरीले यो परिमाणमा मोबाइल नियन्त्रणमा लिएको हो।

काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०३–०१ ख ३३८८ नम्बरको बसलाई बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ११ बोरा (५५० थान) मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भ्याट बिल नभएका मोबाइलको मूल्य ७३ लाख ८४ हजार ४०८ रूपैयाँ रहेको छ।

बरामद भएका मोबाइल नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असोज २०८१ २०:४९ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast