‘आँखा’ प्रदर्शन गर्दै मुभी लभर्स कम्युनिटी

हिमाल प्रेस ४ असोज २०८१ १९:१९
6
SHARES
‘आँखा’ प्रदर्शन गर्दै मुभी लभर्स कम्युनिटी

काठमाडौँ- ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते चलचित्र ‘आँखा’को विशेष प्रदर्शन गर्ने भएको छ। जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ले सहरी गरिब र सुकुम्वासीको कथा बोकेको छ। पोस्टर र टिजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो।

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स कम्युनिटी’ले यो चलचित्र विशेष प्रदर्शन गर्न लागेको हो। मूलधारभन्दा फरक चलचित्रलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ। ‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।

दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन ‘आँखा’को रमाइलो कथा तयार गरिएको निर्देशक योन्जन बताउँछन्।

‘मुभी लभर्स कम्युनिटी’ले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ। ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’ लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको कम्युनिटीले नेपाली चलचित्रलाई सबै खाले दर्शकसम्म पुर्‍याउन सेतुको भूमिका खेल्दै आएको बताएको छ।

यो चलचित्र असोज ८ गते मंगलबार बेलुकी ५ बजे सुन्धारास्थित सीडीसी सिनेमामा प्रदर्शन हुनेछ। टिकट https://movieloversnp.com/product/aakha/ बाट खरिद गर्न सकिने कम्युनिटीले जनाएको छ।

प्रकाशित: ४ असोज २०८१ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =