सरकारी अस्पतालका चिकित्सकलाई स्वास्थ्यमन्त्रीको चेतावनी

हिमाल प्रेस ४ असोज २०८१ १३:४४ | Friday, September 20, 2024
सरकारी अस्पतालका चिकित्सकलाई स्वास्थ्यमन्त्रीको चेतावनी फाइल तस्बिर।

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारबाही हुने स्पष्ट पारेका छन्।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू उपलब्ध हुनुपर्ने भन्दै त्यसविपरीत निजी अस्पतालमा भेटिए कारबाही हुने बताए। उनले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए। मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको बताए।

त्यस्तै मन्त्री पौडेलले सहकारी प्रकरणमा कसैले आफूलाई निर्दोष भन्नुभन्दा पनि प्रतिवेदनलाई राम्ररी अध्ययन गर्न सुझाव दिए। उक्त प्रतिवेदनलाई सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने उनको भनाइ छ।

प्रकाशित: ४ असोज २०८१ १३:४४ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast