भारत–बंगलादेश टेस्ट क्रिकेट : अश्विनले बनाए छैठौँ शतक, जडेजासँग मिलेर सम्हाले इनिङ

हिमाल प्रेस ३ असोज २०८१ १८:५३
10
SHARES
भारत–बंगलादेश टेस्ट क्रिकेट : अश्विनले बनाए छैठौँ शतक, जडेजासँग मिलेर सम्हाले इनिङ रविचन्द्नन अश्विन र रवीन्द्र जडेजा

काठमाडौँ- भारत र बंगलादेशबीच बिहीबारदेखि सुरू भएको पहिलो टेस्टको पहिलो दिन खेल सकिँदासम्म भारतले ६ विकेटको क्षतिमा ३३९ रन बनाएको छ।

चेन्नईको चेपोक मैदानमा बंगलादेशले टस जितेर भारतलाई ब्याटिङका लागि निम्तो दियो। तर, भारतका प्रारम्भिक ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतले केवल ३४ रनमा तीन विकेट गुमाइसकेको थियो। भारतको चौथौँ विकेट ९६ रनको स्कोरमा गएको थियो। खेलको ४२ औँ ओभरसम्म भारतको स्कोर ६ विकेटमा मात्र १४४ रन थियो।

त्यसपछि ब्याटिङका लागि मैदानमा उत्रिएका भारतीय अलराउन्डर रविचन्द्रन अश्विनले रवीन्द्र जडेजासँग साझेदारी गरेर भताभुङ भइसकेको इनिङलाई सम्हाले।

अश्विनले बंगलादेशविरूद्ध चेन्नई टेस्टमा १०८ बलमा शतक पूरा गरे। टेस्ट म्याचमा यो उनको छैठौँ शतक हो। आफ्नो शतकीय इनिङमा उनले १० चौका र २ छक्का प्रहार गरेका छन्।

त्यस्तै अश्विनलाई साथ दिएका अर्का अलराउन्डर जडेजा ८६ रन बनाएर नटआउट छन्। उनले पनि १० चौका र २ छक्का प्रहार गरेका छन्।

यसअघि ब्याटिङका लागि आएका कप्तान रोहित शर्मा ६, शुभमन गिल शून्य, विराट कोहली ६ र केएल राहुल १६ रन बनाएर आउट भए।

पहिलो ओपनर यशस्वी जयसवालले भारतीय इनिङलाई सम्हाल्दै ५६ रन बनाए। जयसवाल आउट भएपछि अश्विन र जडेजाले टिमलाई संकटबाट बाहिर निकालेका थिए।

प्रकाशित: ३ असोज २०८१ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =