वैशाख ७ लाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने सरकारको निर्णय

हिमाल प्रेस २ असोज २०८१ २१:२६
12
SHARES
वैशाख ७ लाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने सरकारको निर्णय

काठमाडौँ-  सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए। याक तथा चौरीको संरक्षण सम्वर्द्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले बताए।

याक दिवसको घोषणाले याकजन्य वस्तुहरुको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने र यसको संरक्षण ,प्रवर्द्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ।

याक अनुवांशिक स्रोत केन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औं स्थापना दिवस स्वर्ण जयन्तीको रूपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वर्द्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो।

प्रकाशित: २ असोज २०८१ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =