स्रोत नखुलेको १६ लाख नगदसहित एक जना पक्राउ

हिमाल प्रेस २ असोज २०८१ २०:१३ | Wednesday, September 18, 2024
स्रोत नखुलेको १६ लाख नगदसहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले स्रोत नखुलेको सोह्र लाख नगदसहित सिरहाबाट एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले सिरहा बरियारपट्टी गाउँपालिका–२ खोक्सिटोल बस्ने अन्दाजी ४८ वर्षीय ललित दासलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नगद लिएर आउँदै गरेको गोप्य सूचनाको आधारमा उनलाई बरियारपट्टी गाउँपालिका–१ गोरगम्मास्थित सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

स १० प ९८५३ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गरेका दासलाई चेकजाँच गर्ने क्रममा कम्मरमा सेतो गम्छामा बाँधेको अवस्थामा सोह्र लाख नेपाली रूपैयाँ बरामद भएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

उनका अनुसार दासको साथबाट एक हजार दरको नोट एक हजार थान र पाँच सय दरको नोट १२ सय थान बरामद भएको छ। दासले आफूसँग भएको नगदको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दासमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित: २ असोज २०८१ २०:१३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast