सडकलाई बजेट माग्न मन्त्री भेट्न पुगे हरिवंश

हिमाल प्रेस २ असोज २०८१ १६:३३ | Wednesday, September 18, 2024
सडकलाई बजेट माग्न मन्त्री भेट्न पुगे हरिवंश

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो।

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए। दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उनको भनाइ थियो।

छलफलका क्रममा वरिष्ठ कलाकार आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री दाहाललाई आग्रह गरे। मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताए।

प्रकाशित: २ असोज २०८१ १६:३३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast