संसदीय छानबिन समितिले भन्यो : गोर्खा मिडियामा ६५ करोड बढी रकम सहकारीबाट आएको देखियो

हिमाल प्रेस ३१ भदौ २०८१ १७:५८
14
SHARES
संसदीय छानबिन समितिले भन्यो : गोर्खा मिडियामा ६५ करोड बढी रकम सहकारीबाट आएको देखियो प्रतिनिधिसभा बैठक

काठमाडौँ- सहकारी बचत अपचलन छानबिन गर्न बनेको समितिले गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख ४ हजार पाँचसय ३८ रुपैयाँ सहकारीबाट आएको पाइएको बताएको छ। समितिका सभापति सूर्य थापाले आजको प्रतिनिधिसभा बैठकमा पेस गरेको प्रतिवेदन अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट उक्त रकम गएको उल्लेख छ।

‘कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो‚’ प्रतिवेदनमा लेखिएको छ।

जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानुनसम्मत नदेखिएको प्रतिवेदनमा लेखिएको छ। गोरखा मिडिया नेटवर्क अन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन भएको थियो। यसको सञ्चालक जीवी राई र प्रबन्ध निर्देशक रवि लामिछाने रहेका थिए।

समितिले सहकारी ठगीबाट फरार रहेका गोर्खा मिडियाका अध्यक्ष जीबी राईसँगै रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको छ।

प्रकाशित: ३१ भदौ २०८१ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =