‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो गीत ‘काँधेकुरी’

हिमाल प्रेस ३१ भदौ २०८१ १०:३०
8
SHARES
‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो गीत ‘काँधेकुरी’

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो गीत सार्वजनिक भएको छ। गीतमा प्रशान्त शिवाकोटीको स्वर रहेको छ। शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा उनकै संगीत संयोजन छ। गीतको सारङ्गी वादन हेमन्त कान्छा रसाइली छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, प्रकाश सपूतको अभिनय छ। घर–घरमा सारङ्गी रेट्दै जीवन चलाइरहेका छन् कलाकार विजय भने उनको छोराको भूमिकामा छन् प्रकाश। सारङ्गी बनाउने पुख्यौली पेशालाई अपनाएर छोरालाई शिक्षा दिन बुबाको संघर्षलाई प्रस्तुत गरिएको छ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। सेभेनसिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुतिम बनेको छ। फिल्म लक्ष्मीपुजाको अवसरमा कार्तिक १५ देखि प्रदर्शन हुनेछ।

फिल्ममा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, श्याम केसी, जानवी पौडेललगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन्। फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =