राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिँदै

हिमाल प्रेस ३१ भदौ २०८१ १०:०९ | Monday, September 16, 2024
राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिँदै काठमाडौँमा प्रदर्शनरत नाटक घरजमको टोली। तस्बिर : सुरेश पोर्तेलको फेसबुक

काठमाडौँ- वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए। मञ्चन भोलीसम्म जारी रहने छ।

वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे।

उनले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताए। उनले रिमालको सिर्जना अर्काइभमा संग्रह गर्नुपर्ने बताए।प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रंगमञ्च विभिन्न कारणले शिथिल हुँदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गरे।

आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उनले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताए।

महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एक लाख रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

प्रकाशित: ३१ भदौ २०८१ १०:०९ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast