धोबीखोलाले ट्याक्सी बगायो, विष्णुमतीमा खसेर एक पुरुष बेपत्ता, सामाखुसीको बाढी बस्तीमा

बाढीले काठमाडौँको जनजीवन प्रभावित

हिमाल प्रेस ३० भदौ २०८१ २३:५० | Sunday, September 15, 2024
धोबीखोलाले ट्याक्सी बगायो, विष्णुमतीमा खसेर एक पुरुष बेपत्ता, सामाखुसीको बाढी बस्तीमा प्रतीकात्मक तस्बिर।

काठमाडौँ – आइतबार अपराह्नपछि काठमाडौँ उपत्यकामा अविरल वर्षा र बाढीले जनजीवन प्रभावित बनेको छ भने ठाउँठाउँबाट क्षतिका विवरण प्राप्त भएका छन्।  रात परेपछि उपत्यकाका खोलाको सतह बढेर सडक र बस्तीमा पसेर क्षति पुर्‍याएको हो।

विष्णुमतीमा जलसतह बढेका बेला एक पुरुष चिप्लिएर नदीमा खस्दा बेपत्ता भएका छन्। आइतबार राति पौने ९ बजे टोखा नगरपालिका-८ रमणबस्तीस्थित विष्णुमती पुलबाट चिप्लिएर लमजुङ स्थायी ठेगाना भएका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन्।

त्यस्तै धोबीखोलामा मदन भण्डारी कलेज नजिकैबाट एउटा ट्याक्सी बगाएको थियो। चालककाे सकुशल उद्धार गरिएको छ। बगाएको ट्याक्सी  रोजबड स्कुल नजिकबाट क्रेनको सहायताले निकाल्न प्रयास भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै रानीबारी हुँदै सामाखुसी निस्कने सडक जलमग्‍न बनेको छ भने बाढी आसपासका बस्तीमा समेत पसेको छ।

प्रकाशित: ३० भदौ २०८१ २३:५० | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast