नाइजेरियामा डुंगा पल्टिँदा ४१ जनाको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८१ २०:३९
18
SHARES
नाइजेरियामा डुंगा पल्टिँदा ४१ जनाको मृत्यु

अबुजा (रासस/सिन्ह्वा)- नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुंगा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ। अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन्।

५० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुंगा गुम्मी नजिकैको नदीमा पल्टिएको हो। डुंगामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुंगाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए। दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए।

स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताए। नाइजेरियामा प्रायः डुंगा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुन्छ।

प्रकाशित: ३० भदौ २०८१ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =