सरकार बनाउने र भत्काउने खेलमा लाग्दैनौँ : प्रचण्ड

हिमाल प्रेस ३० भदौ २०८१ १८:४१
12
SHARES
सरकार बनाउने र भत्काउने खेलमा लाग्दैनौँ : प्रचण्ड

झापा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्।

माओवादी केन्द्र झापाले आज (आइतबार) बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताएका हुन्।

‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई संगठित गर्दै अघि बढ्ने काममा लाग्छ  सत्ताको खेलमा लाग्दैन,’ उनले भने।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे।

प्रकाशित: ३० भदौ २०८१ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast