‘एक्टर’ मा आना शर्माको क्यारेक्टर पोस्टर

हिमाल प्रेस २७ भदौ २०८१ १४:५७
6
SHARES
‘एक्टर’ मा आना शर्माको क्यारेक्टर पोस्टर

काठमाडौँ- फिल्म ‘एक्टरः टेक वान’ टिमले अभिनेत्री आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा अभिनेत्री आनालाई सहरीया युवतीको चरित्रमा उभ्याइएको छ। उनी वान पिसमा छिन्। पृष्ठभूमिमा बुट्टा कुँदिएको आकर्षक झ्याल छ।

पोस्टररोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार पारेका हुन्। फिल्म कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा प्रदर्शन हुनेछ।

यसअघि फिल्मको तीन वटा पोस्ट सार्वजनिक भएको थियो। जहाँ फर्स्टलुक पोस्टरमा मुख्य कलाकार प्रदीप खड्काको पाँच भिन्न लुक्स, १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको तस्विर सार्वजनिक भएको थियो।

राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप, राजवल्लभ र आनासँगै नव कलाकार दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय छ। अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन्।

फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्म निमेश श्रेष्ठको सम्पादन, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व, कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत छ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मका निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह–निर्माता रहेको फिल्मको क्रेयटिभ प्रोडुसर मोती कार्की र लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्।

प्रकाशित: २७ भदौ २०८१ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =