काठमाडौँ- गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन्। सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासनको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए।
‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जानेकी नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न,’ लेखकले भने, ‘पहिले त प्रिन्सिपल सेट हुनुपर्यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो। भाषा लेख्ने कुरा कठिनाइ होइन।’
प्रकाशित: २७ भदौ २०८१ १३:०७ | Thursday, September 12, 2024
प्रतिक्रिया




