आज पनि घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २४ भदौ २०८१ १५:४१
आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ। ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ।

आज कारोबार रकम पनि घटेको छ। आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ।

आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ। २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो। उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ।

कारोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो। आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: २४ भदौ २०८१ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =