फाइल तस्बिर
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको कार्यावधि थप गर्ने तयारी गरिएको छ। मंगलबार बस्ने प्रतिनिधिसभामा समिति सभापतिले समितिको म्याद थपका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयले सोमबार सोहीअनुसारको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
जेठ १५ मा संसद् बैठकले समिति गठन गर्दै तीन महिनाको समय दिएको थियो। समितिको म्याद सकिन लागे पनि काम धेरै बाँकी रहेकाले म्याद थपको प्रस्ताव लैजान लागिएको बताइएको छ।

प्रकाशित: १७ भदौ २०८१ २१:१५ | Monday, September 2, 2024
प्रतिक्रिया





