मन्त्री पाण्डेले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

हिमाल प्रेस १४ भदौ २०८१ १७:०४
140
SHARES
मन्त्री पाण्डेले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

लुम्बिनी- सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। मन्त्री भएपछि पहिलोपटक यहाँ आएका मन्त्री पाण्डेले अन्तराष्ट्रिय विमानस्थल उडानका लागि सरकारले प्राथमिकताका साथ काम थालेकाे बताए।

निरीक्षणपछि सञ्चारकर्मिसँग कुराकानी गर्दै मन्त्री पाण्डेले थाई एयर एसियासँग उडानका लागि सम्झाैता भईसकेकाे र अन्य एयरलायन्स आकर्षित गर्न छुट लगायतका सुविधा दिएकाे बताएका हुन्।

उनले भिसा अफिस, श्रमलगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेकाे बताए। बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएकाे विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेकाे बताए।

निरीक्षण अघि विमानस्थलकाे अवस्थाका बारेमा गरिएकाे बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए। उक्त अवसरमा लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डे, सिद्वार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खान, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्रीकाे लगायतकाे उपस्थिति थियाे।

गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएकाे बताए। उनले विमानस्थल नेपालकाे पुर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए।

उनका अनुसार सन् २०२२मा ३१ हजार यात्रुले गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकाेमा सन् २०२३ मा ४ हजार र सन् २०२४ काे जुलाईसम्म ९२३ जनाले मात्रै उडान भरेका छन्।

मन्त्री पाण्डेसहितकाे टाेलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गकाे निरीक्षण गरेका थिए। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान राेकिएदा निजी क्षेत्रकाे अर्बौं लगानी जाेखिममापरेकाे छ।

लुम्बिनी विकास काेषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डे बुद्वजन्मस्थल लुम्बिनी आएका हुन। शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा काेषकाे परिषद् बैठक बस्नेछ।

प्रकाशित: १४ भदौ २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast