आज पनि घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १३ भदौ २०८१ १६:१५ | Thursday, August 29, 2024
आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ- बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ।

कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता सेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

रसुवागढी हाइड्रोपावर नौ दशमलव ९९, मिड सोलु हाइड्रोपावर आठ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ६२ प्रतिशतले कमाएका छन्।

यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य आठ, तारागाउँ रिजेन्सी होटल चार दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले चार दशमलव ७८ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: १३ भदौ २०८१ १६:१५ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast