मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १२ भदौ २०८१ ११:४१ | Wednesday, August 28, 2024
मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

काठमाडौँ- भदौ २८ गतेबाट प्रदर्शन हुने  फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो। यसअघि गत वर्षको चैत्रमा ‘शाम्बाला’को विदेशी फिल्म महोत्सवलाई लक्षित गरेर पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। मीनबहादुर भाम निर्देशित सिनेमालाई नेपालमा नकिम उद्दिनको एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।

विश्वप्रसिद्ध बर्लिन सिनेमा महोत्सवमा वर्ल्ड प्रिमियर भएको सिनेमा यही महिना स्वीट्जरल्याण्डको लोकार्नो फिल्म महोत्सवमा पनि स्क्रिनिङ गरिएको थियो। ड्रामा, एड्भेन्चर तथा म्याजिक रियालिजम जनरा निर्माण भएको सिनेमा ‘कालोपोथी’ निर्देशक भामको दोस्रो निर्देशकीय फिचर फिल्म हो।

नेपालको डोल्पाको स्थानीय भाषामा रिलिज फिल्ममा नेपाली र अंग्रेजी सबटाइटलमा देखाइने छ। सहरी क्षेत्रमा अंग्रेजी र गाउँले क्षेत्रमा नेपाली सबटाइटलमा देखाइने निर्देशक मीनबहादुर भामले बताए। निर्देशक भामले सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा ग्लोबल दर्शकपछि अब आफू घरेलु दर्शकमाझ आउन लागेकोमा उत्साही रहेको बताए। ‘मेरो पहिलो सिनेमा कालोपोथी केही हलमा मात्र रिलिज भएको थियो। यो सिनेमा भने एप्पल इन्टरटेनमेन्टको सहयोमा वाइड रूपमा नेपालभर लगाउँदैछौं।’

‘शाम्बाला’लाई अहिलेसम्मकै महँगो नेपाली सिनेमा १४ करोड बजेट रहेको निर्माण टिमको दाबी छ। नेपालको चलचित्र विकास बोर्डसहित यो सिनेमाले विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न पुरस्कार जितेको छ।

फिल्मलाई नेटफ्लिक्समा रिलिजका लागि आफ्ना विदेशी निर्माता लागिपरेको समेत भामले बताए। फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमाको कथालाई प्रस्तुत गर्छ। जब व्यापारका लागि घरबाट हिँडेका पुरुष फर्किदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन्।

फिल्मको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन्। सुनी फिल्म  प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा, लोटन निमलिङ्ग, जंगबहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका छ।

 

प्रकाशित: १२ भदौ २०८१ ११:४१ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast