प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

हिमाल प्रेस ११ भदौ २०८१ १७:५५
8
SHARES
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार ओमानका परराष्ट्रमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुद अल्बुसैदी सिंहदरबारमा भेट वार्ता गर्दै।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा उहाँहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएका हुन्। नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो।

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

परराष्ट्र मन्त्री राणा र ओमानका समकक्षीबीच वार्ता : श्रम सम्झौता गर्ने सहमति

प्रकाशित: ११ भदौ २०८१ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =