काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सबै स्थानीय तहमा उपकरणसहितका अस्पताल बनाउनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले स्थानीय तहका अस्पतालको भौतिक प्रगति नहुँदा आशा मरेर गएको बताएका हुन्।
‘१५ मंसिर २०७७ मा ६५७ अस्पताल शिल्यान्यास भएको थियो। आज धेरै अस्पताल बनेका छैनन्। शिल्यान्यास भएका ठाउँमा मूर्ति स्थापना भएका छैनन्। बनेका ठाउँमा भवन बनेका छन्, उपकरण छैनन्,’ उनले भने, ‘दक्ष जनशक्ति छैन। ‘दुर्गम ठाउँबाट बिरामी ल्याउनु पर्यो भने हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने अवस्था छ। ७५३ वटै अस्पतालमा उपकरणसहित उपचारको व्यवस्था होस्।’
प्रकाशित: ११ भदौ २०८१ १४:०५
प्रतिक्रिया