‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’

हिमाल प्रेस ११ भदौ २०८१ ११:४२ | Tuesday, August 27, 2024
‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’

काठमाडौँ- फिल्म ‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’ सनर्वजनिक भएको छ। गीत मेलिना राई र राजनराज शिवाकोटीले गाएका छन्।

गायक तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत छ। शरद महतोको छायांकन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी रहेको रोमान्टिक गीतको भिडियो विवाहको माहोलमा छायांकन गरिएको छ। भिडियोमा फिल्मका प्रायः कलाकार छन्।

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ।

असोज ११ देखि प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक सिद्धार्थ पुडासैनी हुन्। यो पुडासैनीको डेब्यु फिल्म हो। फिल्मको कथा लेखनमा उनलाई सरिष्मा खत्रीले सघाएकी छन्।

प्रवीण खड्काले छायांकन गरेको फिल्म रोमी तन्डुकारले सम्पादन गरेका छन्। अर्जुन कुमार निर्माता रहेको फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा बनेको छ।

प्रकाशित: ११ भदौ २०८१ ११:४२ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast