सौगातको ‘बम बहादुर’ कार्तिक ३० मा

हिमाल प्रेस १० भदौ २०८१ १३:०८ | Monday, August 26, 2024
सौगातको ‘बम बहादुर’ कार्तिक ३० मा

काठमाडौँ- सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक ३० लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरमा अभिनेता मल्ल लडाकुको भेषमा देखिएका छन। जोन राईले निर्देशन गरेको फिल्म सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा पात्र बम बहादुरको विगतको घटनाले पारेको असरलाई देआइएको निर्माण टिमले जनाएको छ। फिल्ममा निर्देशक राई र रुपेश तामाङको कथा तथा पटकथा लेखन छ।

फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की र सुरेश पाँचकोटीको अभिनय छ।

फिल्मका निर्माता सञ्जीव सार्की हुन्। बिस्ट ब्रदर्स फिल्मस्को ब्यानरमा बनेको छ। सुजोय कुमार घोष ‘मुन्ना’ले छायांकन गरेको फिल्म ज्ञान गुरुङको सम्पादन, दीपङ्कर सिंह मुखियाको शब्द र संगीत छ।

प्रकाशित: १० भदौ २०८१ १३:०८ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast