उद्योग समितिले इन्धन भण्डारणको अनुगमन गर्ने

हिमाल प्रेस ९ भदौ २०८१ १९:४९
8
SHARES
उद्योग समितिले इन्धन भण्डारणको अनुगमन गर्ने

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणको अनुगमन गर्ने भएको छ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले विमानस्थलभित्र रहेको निगमको भण्डारणको स्थानान्तरणका विषयमा छलफल गर्दै एक साताभित्र स्थलगत अनुगमन गरी समग्र कामकारबाहीबारे जानकारी लिने निर्णय गरेको हो।

त्यस्तै वैकल्पिक ऊर्जाको रूपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने विषयमा समेत छलफल गर्दै समितिले नेपालमा वायो इथानोल उत्पादन गर्ने उत्पादकहरूसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा खरिद सम्झौता गरी पेट्रोलमा वायो इथानोल मिश्रण गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल ग्राहस्थ्य उत्पादन बढाउन सकिने तर्फ गम्भीर ध्यानाकर्षण भएको सभापति अब्दुल खानले जानकारी दिए।

यसका लागि स्वदेशी उत्पादकहरूलाई आह्वान गरी बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति खानले बताए।

त्यस्तै बैठकले अन्तर्राष्ट्रिय आप्रवासी संगठनले समेत विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको भन्ने जानकारी आएकाले त्यसको अनुमति कहाँबाट लिएको हो ? र सरकारलाई तिर्नुपर्ने करको अवस्था के छ ? भन्ने बारे प्रमाणसहितको विवरण श्रम मन्त्रालयबाट माग गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ९ भदौ २०८१ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =