यस्ताे छ ‘देवी’ को शीर्ष गीत

हिमाल प्रेस ९ भदौ २०८१ १५:०९ | Sunday, August 25, 2024
यस्ताे छ ‘देवी’ को शीर्ष गीत

काठमाडौँ- फिल्म ‘देवी’ को शीर्ष गीत सार्वजनिक भएको छ। स्वप्नील शर्माको स्वर रहेको गीतमा उनकै शब्द र संगीत संयोजन छ। गीतमा रोहित शाक्यले संगीत भरेका छन्।

गीतमार्फत फिल्मको कथा प्रस्तुत गरिएको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतकाे भिडियाेमा फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्केको नृत्य देखाइएको छ।

फिल्म तीजको अवसरमा यही भदौ २१ गते प्रदर्शन हुनेछ। क्राइम थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्ममा निर्देशक राई र अजय गौतमको कथा तथा पटकथा छ।

फिल्ममा अन्य कलाकार गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरक्षिा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मका निर्माता रेमन गुरुङ र सञ्जोग राई हुन्। जावेद खानको कार्यकारी निर्मातामा रहेको फिल्ममा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा सह-निर्मातामा छन्।

प्रकाशित: ९ भदौ २०८१ १५:०९ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast