असोज ११ सर्‍याे ‘सानो संसार’ 

हिमाल प्रेस ९ भदौ २०८१ १४:४५ | Sunday, August 25, 2024
असोज ११ सर्‍याे ‘सानो संसार’ 

काठमाडौँ- फिल्म ‘सानो संसार’ को आगामी असोज ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले एक साता अघि सार्दै असोज ११ लाई प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमामार्फत मिति हेरफेर गरेको जानकारी दिएका छन्। एक पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘हाम्रो फिल्म ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज ११ अर्थात् सेप्टेम्बर २७ बाट प्रदर्शन हुने जानकारी गराउँदछु।’ यसअघि असोज १७ घटस्थापनामा प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो।

पारिवारिक कथावस्तुमा बनेको फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ। फिल्म सिद्धार्थ पुडासैनीको लेखन र निर्देशमा बनेको छ। यो उनको डेब्यु निर्देशन हो। फिल्म लेखनमा भने सरिष्मा पुडासैनीको सहकार्य छ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानर निर्माण भएको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन्।

प्रकाशित: ९ भदौ २०८१ १४:४५ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast