 यसअघि हिमपात फुटेको बाढीमा परिणत भएको थामे क्षेत्र। फाइल तस्बिर
                             यसअघि हिमपात फुटेको बाढीमा परिणत भएको थामे क्षेत्र। फाइल तस्बिर
                                            काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल विस्फोटको कारण जल तथा मौसम विज्ञान विभागले खुलाएको छ।
गत साउन ३२ गते दिउँसो साढे १ बजे एक्कासी खोलामा बाढी आएपछि हिमताल विस्फोट भएको अनुमान गरिएको थियो। त्यसपछि सोही क्षेत्रमा पुगेर गरिएको अनुसन्धानले हिमताल विस्फोटको कारणले खुलाएको छ। विस्फोटको कारण अचानक आएको भू–परिवर्तन भएको पाइएको छ।
हिमताल १ को प्राकृतिक बाँधभन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भूपरिवर्तन नै हिमताल २ विस्फोटनको मुख्य कारण रहेको विभागको निष्कर्ष छ । सेटलाइट तस्बिर तथा घट्नाअगाडि र पछिको भू–बनोटमा आएको परिवर्तनको अध्ययनबाट उल्लेख्य भू–हलचल नै हिमताल विस्फोटको मुख्य कारण भएको पाइएको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ ।
थामे आसपास स्याङवोचे र फोर्सेमा घट्नाको केही दिन अगाडिको वर्षा र तापक्रमको वृद्धिले माथिल्लो हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा ग्लेसियररआईसमेल्ट (हिमपहिरो)ले माथिल्लो हिमताल १ ओभरफ्लो भएको हुनसक्ने विभागको भनाइ छ ।
हिमताल १ ओभरफ्लो हुँदा हिमताल १ र हिमताल २ (हाल विस्फोट भएको हिमताल)को बीचको जमिनमा भू–क्षय भएर तल्लो हिमताल विस्फोटन भएको पाइएको विभागले स्पष्ट पारेको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 