 
                             
                                            अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका-५ मा लयाटीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। खेतको काम सकेर घर फर्किनेक्रममा ४५ वर्षका कमलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार मृतक शाही घरदेखि पाँच सय मिटरको दूरीमा रहेको बडरुख भन्ने ठाउँमा चिप्लिएर लड्दा सय मिटर तल खसेका थिए। घाइते अवस्थामा भेटिएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि दैलेख जिल्लाको राकम लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।
मृतक शाहीको शव पोस्टमार्टमका लागि अछाम सदरमुकाम मंगलसैनस्थित जिल्ला अस्पताल ल्याइएको छ।
                            प्रकाशित: ७ भदौ  २०८१ १३:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 