काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।
युरो एकको खरिद दर भने १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।
राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको छ।
आज दक्षिण काेरियन वन १०० काे खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०७ पैसा रहेको छ।
सूची
प्रकाशित: ७ भदौ २०८१ ६:११
प्रतिक्रिया